तनहुँ : तनहुँको बन्दीपुर गाँउपालिकामा एक हप्ता लकडाउन लम्बिएको छ। समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम अझै कायमै रहेको भन्दै गाँउपालिकाले एक हप्ताको लागि लकडाउन लम्बाएको हो।
भदौ ६ गते शनिबार देखि १२ सम्म गाँउपालिकाले लकडाउन लम्बाएको छ । गाँउपालिकाले यसअगाडी साउन ३० गते देखि ५ गतेसम्मलाई लकडाउन गरेको थियो।
कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरी परीक्षणका पठाईएको र त्यसको रिपोर्ट नआइसकेकाले एक हप्ता लकडाउन लम्बाइएको बन्दिपुर गाँउपालिकाका अध्यक्ष पूणिसिं थापाले बताए।
गाँउपालिकाका वडा नं १, ४ र ५ अन्तरगत बजार तथा राजमार्ग क्षेत्रभित्र औषधीजन्य स्वास्थ्य सेवा, बैंकका एटियम सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न, बन्दीपुर गाँउपालिका अन्य वडा र बन्दीपुर बजार क्षेत्रमा यातायातका साधन पूर्ण रुपमा बन्द गर्न गाँउपालिकाले आग्रह गरेको छ।