रिपोर्ट नै नआइ नेगेटिभ रिपोर्ट भनेपछि क्वारेन्टिनमा रहेका ४० जना घर गए

रिपोर्ट नै नआइ नेगेटिभ रिपोर्ट भनेपछि क्वारेन्टिनमा रहेका ४० जना घर गए

किरण न्यौपाने, रंगेली

सुनवर्षी नगरपालीका सुचना अधिकृतको लापरवाहीले डाइनिया क्वारेन्टिनमा बसेका ४० जना रिपोर्ट नै नआई घर फर्किएका छन् । क्वारेन्टिनमा रहेकाहरु घरगएपछि अहिले स्वास्थ्य शाखा र प्रहरी घर फर्किएकालाई खोज्न थालेको स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिए ।

सुचना अधिकृत प्रदिप पण्डितले सबैको रिपोर्ट नेगेटिभ भएको भनेर झुक्किएर गलत सूचना दिँदा क्वारेनटाइनमा बसेकाहरु घर गएका हुन् । उनिहरुको रिपोर्ट आउन बाँकी नै रहेको मण्डलले जानकारी दिए ।

सम्बन्धित खवर