राजेन्द्र महतो, लहान
सिरहामा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत २२ जना प्रहरी सहित ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इलाका प्रहरी कार्यालय लहानमा २२ जना प्रहरी, ८ जना थुनुवा र एक जना कारागार पठाइएको गरी ३१ जनामा कोरोना पुष्टि भएको हो । यस्तै पशुपति आदर्श माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जना, धनगढीमाई नगरपालिका स्थित नयनपुर अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना सर्वसाधारण गरी ४ जना तथा मिर्चैया नगरपालिकाका चार जना कर्मचारी र गोलबजार नगरपालिकाका १ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी गरि २ जना गरि जम्मा ४२ गरीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
लहान नगरपालिकाका स्वास्थ्य शाखा अनुसार ईलाका प्रहरी कार्यालय लहानबाट ३९ जनाको स्वाब लिएको मध्ये शुक्रबार एक प्रहरी निरिक्षक सहित ३१ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको र संक्रमितहरुलाई आइसोलेसनमा राख्ने स्थानको अभाव भइरहेको छ । सिरहामा ३ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने जिल्ला भरमा १३८ जना संक्रमित रहेका छन् ।