पथरी, मोरङको पथरी शनिश्चरेका एक युवामा कोरोना पोजेटिभ भएको पाइएको छ । पथरी बजारका २३ वर्षीय युवामा कोरोना पुष्टि भएको नगरका स्वास्थ्य निरिक्षक मुरारी आचार्यले जानकारी दिनुभयो ।
पथरीबाट सुनसरीको दुहवीस्थित प्रिमियर फ्याक्ट्रीमा काम गर्न गएका ति युवामा आज कोरोना पोजेटिभ देखिएको आचार्यले जानकारी दिनुभयो । भदौ २ गते घरबाट काम गर्न उक्त फ्याक्ट्रीमा गएका उनलाई फ्याक्ट्रीले सोहि दिन स्वाव परीक्षण गराएको थियो । सो को रिपोर्ट आज पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ आएपछि ती युवा आफुसँगै गएका अन्य २ जना साथीसँग अटो रिक्सा चढेर पथरी बजार आइपुगेको पत्ता लागेको आचार्यले जनाउनु भयो । उनीसँग सम्पर्क भएकाहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ गर्ने तयारी भइरहेको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा अन्य २ युवाको रिपोर्ट भने नेगेटिभ आएको थियो । फ्याक्ट्री पुग्नु अघि नै ती युवा कोरोना संक्रमित भएको हुनसक्ने बुझिएको छ । उनलाई कोभिड अस्पताल गोठगाउँ पठाइएको छ भने अन्य २ जनालाई नगरको क्वारेन्टिनमा राखिएको छ ।