कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु पुष्टि, ७ सय ७ जना संक्रमित थपिए

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु पुष्टि, ७ सय ७ जना संक्रमित थपिए

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको  पुष्टि गरेको छ ।

मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा कोभिड १९ बाट थप ६ जनाको मृत्यु भएको बताए  ।  काठमाडौंका एक  महिला, मकवानपुरका एक जना पुरुष, सप्तरीका एक जना पुरुष र पर्साका एक जना महिला र दुई जना पुरुषको  कोरोनाबाट मृत्यु पुष्टि भएको प्रवक्ता  गौतले जानकारी दिए । यससँगै नेपालमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २६ पुगेको छ ।

प्रवक्ता देवकोटाका अनुसार पछिललो २४ घण्टामा ७ सय ७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ९२ महिला र ५ सय १५जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २ सय ६४ जना र आज सम्म १७ हजार ९ सय ६४ जना रहेको प्रवक्ता गौतमले बताए । हाल सम्म देशभर ११ हजार ५ सय ५५ जम्मा सक्रिय संक्रमितको संख्या रहेको छ ।

सम्बन्धित खवर