च्याम्पियन्स लिगको उपाधिका लागि बायर्न र पीएसजी भिड्ने

च्याम्पियन्स लिगको उपाधिका लागि बायर्न र पीएसजी भिड्ने

काठमाडौं : बायर्न म्युनिखले लियोनलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा पेरिस सेन्ट जर्मेनसँगको भिडन्त पक्का गरेको छ । बायर्न प्रतियोगिताको फाइनलमा पुगेको यो ११ औँ अवसर हो ।

प्रतियोगितामा बायर्नको यो लगातार दशौँ जीत पनि हो । योसँगै क्लबले सन् २०१५ मा रियल म्याड्रिडले २०१५ र आफैले सन् २०१३ मा बनाएको कीर्तिमान बराबरी गरेको छ । क्लब पछिल्लो २८ खेलमा अपराजित रहेको छ ।

खेलको खेलको १८ औँ मिनेटमा ग्नाब्रीले बायर्नलाई अग्रता दिलाए भन ३३ औँ मिनेटमा अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर रोबर्ट लेवान्डोस्कीले बायर्नको तेस्रो गोल थपे । यो सिजन प्रतियोगितामा उनको यो १५ औँ गोल हो । उनले प्रतियोगितामा लगातार ९ वटा खेलमा पनि गोल गर्न सफल भएका छन् । उनीभन्दा अघि मात्र क्रिस्टियानो रोनाल्डो ९११ खेल० अघि रहेका छन् ।

उता, लियोनले भने गोलका थुप्रै अवसर खेर फालेको थियो ।

अब फाइनल खेल आइतबार लिसबनको बेनफिकाको स्टेडियमा हुनेछ ।

सम्बन्धित खवर