रंगेलीकाे वडा नम्बर ५ आमगाछि तनावग्रस्त प्रहरी चाैकी घेराउ ।

रंगेलीकाे वडा नम्बर ५ आमगाछि तनावग्रस्त प्रहरी चाैकी घेराउ ।

रबिन्द्र बराल, रंगेली

माेरङकाे रंगेली नगरपालिका ५ स्थित आमगाछिमा रहेको प्रहरी चाैकि (ख) आमगाछिमा स्थानीयद्वारा घेराउ गरेका छन् । लकडाउनलाई कडाई गर्ने क्रममा आमगाछीका प्रहरीले स्थानियहरुलाई बुधबार बेलुुका ७ बजे लाठि प्रहार गरेपछि स्थानीयले प्रहरी चाैकी घेराउ गरेका छन् भनेे केेही स्थानीय समेत घाइते भएको स्थानीय सुरेन्द्र मंण्डलले बताए । प्रहरी चाैकीका सहि सन्तोष यादवकाे टाउको समेत फुटेको प्रहरीले जनाएको छ । समचार तयार पार्दा सम्म चाैकीमा करिव २ सय बढी स्थानियले प्रहरी चौकी घेराऊ गरेको स्थानियले बताए । घटना स्थलमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहाल सहित सशस्त्र प्रहरीकाे बाक्लो उपस्थित समेत रहेको छ।

सम्बन्धित खवर