अर्जुन काफ्ले, पथरी
विराटनगरमा स्वाब संकलन गरेर घर आएका एक सशस्त्र प्रहरीलाई कोरना पोजेटिभ भेटिएपछि उर्लावारी २ सुन्झोडाका १२ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आइतवार २५ वर्षीय ती युवाले विराटनगर कै ठेगाना राखेर स्वाव दिएका थिए ।
उर्लावारी २ सुन्झोडा घर भएका उनी घरको ढलानका लागि सोमवार घर आएका थिए । घर ढलानमा सहभागी र उनको सम्पर्कमा रहेकालाई वुधवार उर्लावारी क्वारेन्टाइनमा राखिएको उर्लावारीका स्वास्थ्य सहसंयोजक सुरेस खडकाले जानकारी दिए । संक्रमितलाई गोठगाँउ कोरना अस्पतालको आइसोलेसनमा राखिएको छ ।
संक्रमित युवाको प्रत्यक्ष संम्पर्कमा रहेका उनका परिवार र साथीहरुलाई क्वारेन्टाइनमा राखिएको हो । वडा अध्यक्ष कुमार कंडेल सहितको टोलीले उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको छ । अहिले सो क्षेत्रमा निगरानी बढाइएको छ । सो क्षेत्रका स्थानियवासीलाई सर्तक रहन माइकिङ्ग समेत गरिएको सहसंयोजक खडकाले जानकारी दिए ।