मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप १ ले वढ्यो, जम्मा मृतको सख्या ११ पुग्यो

मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या थप १ ले वढ्यो, जम्मा मृतको सख्या ११ पुग्यो

भदौ ३, विराटनगर ।
पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या थप १ ले वृद्धि भएको छ ।
धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङ बुढिगंगा २ की ६७ वर्षीय वुद्धाको मंगलवार साझ पौने ५ वजे मृत्यु भएसगै मोरङमा कोरोना ंसंक्रमणका कारण निधन हुनेको सख्या ११ पुगेको छ ।
६७ वर्षीया ती महिलाको उपचारको क्रममा निधन भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराट मेडिकल कलेज विराटनगरबाट ती महिला रिफर गरि प्रतिष्ठान पठाइएको थियो ।
साउन २५ गतेदेखि अत्यधिक खोकी, सास फेर्न समस्या हुनुको साथै ज्वरो पनि आएको थियो । उनी मुटुको दीर्घ रोगी पनि थिइन् । मंगलबार बिहान २ बजे प्रतिष्ठानमा भर्ना भएकी उनको साँझ पौने ५ बजे निधन भएको प्रवक्ता डा. सापकोटाले जानकारी दिए ।
यस अघि मंगलबार सम्मको तथ्यांकअनुसार मोरङमा १० जनाको मृत्यु भईसकेका थियो भने साझ फेरी एक जनाको सख्या थपिदा मृतकको सख्या ११ पुगेको छ । मृत्यु हुनेमध्ये ८ जना विराटनगरका छन् । ३ जना अन्य पालिकाका रहेका छन । जसमा रंगेली नगरपालिका १, सुनवर्षी नगरपालिका १ र वुढिगंगा गाउपालिकामा १ गरि जम्मा ११ पुगेको छ ।
मोरङमा पछिल्लो १ महिनाको अवधिमा फैलिएको कोरोना भाइरसका कारण सक्रिय संक्रमित हुनेको सख्या १,१२७ पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार प्रदेशभर जम्मा २२३२ जनामा कोरोना देखिएको छ । कूल संक्रमित संख्याको आधा त मोरङमा मात्रै छन । जबकी त्यो संख्यामध्ये ६९० जना संक्रमित प्रदेश राजधानी विराटनगरका छन् ।
विराटनगरमा संक्रमणको दर तीव्र रुपमा बढी रहेको छ । महानगरले समुदायस्तरमा कोरोना गएको निश्कर्षसहित भदौ ५ गतेसम्म लकडाउन अवधि थप गरेको छ ।

सम्बन्धित खवर