दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि

दाहसंस्कार गरिसकेपछि कोरोना पुष्टि

बर्दियाको मधुवन नगरपालिका ९ का ७८ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज निधन भएपछि घर ल्याएर दाहसंस्कार गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।

बबई नदीको कुसुम्बा घाटमा दाहसंस्कार हुँदा मलाम गएका सबैलाई क्वारेन्टिनमा राख्ने र सङ्क्रमितको बस्ती पनि सिल गर्ने तयारी भएको मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले बताउनुभयो । सङ्क्रमित पुरुष निमोनिया भएपछि सोमबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए ।

आज बिहान १ः३० बजे उनको निधन भएको र ३ः३० बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको शिक्षण अस्पताल कोहलपुरका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिनुभयो । रासस

सम्बन्धित खवर