बालिकाको मास्क लगाऔं अभियान

बालिकाको मास्क लगाऔं अभियान

पोखरा : पोखरा बिरौटा निवासी ८ वर्षीया बालिका प्रेन्सा रेग्मीले कोरोनाविरुद्ध मास्क लगाऔं अभियानलाई निरन्तरता दिएकी छन् । उनले पोखराको मुख्य चोकचोकमा सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गर्ने गरेको उनका बुवा रामकृष्ण रेग्मीले जानकारी दिए ।

यसैगरी प्रेन्साले पोखराको बिरौटामा आइतबार सर्वसाधारणलाई ३ सय थान मास्क वितरण गरिन् ।

उनको मास्क लगाऔं अभियानलाई साथ दिँदै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले २ हजार २ सय थान र पोखरा महानगरपालिकाले १ हजार थान मास्क सहयोग गरेका थियो ।

मास्क कोरोनाको पहिलो उपचार नाराका साथ प्रेन्साले आफूभन्दा ठूला मानिसलाई समेत मास्क किन लगाउने, कसरी लगाउने र यसको उपयोगिताबारे विस्तृत रुपमा ब्रिफिङ गर्ने गरेकी छन् । यसअघिले उनले पृथ्वीचोक, जिरो लगायत स्थानमा पनि मास्क वितरण गरेकी थिइन् । उनी शिशु निकेतनमा पढ्छिन् ।

सम्बन्धित खवर