पोखरामा भोलि रातिदेखि मात्र निषेधाज्ञा जारी हुने, प्रदेशभर आवतजावतमा कडाइ गरिने !

पोखरामा भोलि रातिदेखि मात्र निषेधाज्ञा जारी हुने, प्रदेशभर आवतजावतमा कडाइ गरिने !

पोखरा : पोखरामा मंगलबार रातिदेखि मात्र निषेधाज्ञा जारी हुने हुने भएको छ ।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको  बैठकले आज रातिदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने  निर्णय गरेको भएतापनि  भोलि मंगलबार रातिदेखि मात्र निषेधाज्ञा लागु हुने भएको हो   । पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले आज रातिदेखि एक साताका लागि कडा निषेधाज्ञा लगाउने निष्कर्ष निकालेको भएपनि गण्डकी प्रदेश सरकारको ‘कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी को बैठकमा छलफल पछि मंगलबार रातिबाट मात्र निषेधाज्ञा लागु गरिने भएको बताए ।

उनले भने – “पोखरा महानगरमा भोलि रातिबाट ७ गते सम्मका लागि निषेधाज्ञा लागु हुनेछ, हामीले जनतालाई सहजता होस् भन्ने हेतुले  एक दिनको समय थप गरेर यो निर्णय गरेका छौ। ”  पोखरामा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुँदै गएको भन्दै सोमबार बिहान बसेको कोरोना संक्रमण रोकथाम मूल समितिको बैठकले भने  एक साताको लागि निषेधाज्ञा जारी गर्ने   निर्णय गरेको थियो ।

सोमबार दिउसो ४ बजेपछि बसेको प्रदेश सिसिएमसीको बैठकले  प्रदेशमा कोरोना संक्रमणको जोखिम कम गर्न  गण्डकी प्रदेशभर हुने आवतजावतमा  कडाइ गर्ने निर्णय गरेको गण्डकी स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनले भने ” गण्डकी प्रदेशभर मंगलबार रातिदेखि आवतजावतमा कडाइ गर्न प्रदेशका प्रवेश विन्दुका चेक पोइन्टहरुमा हुने चेक जाँचलाई थप प्रभावकारी बनाउने निर्णय भएको छ ।”

सम्बन्धित खवर