एसईईको नतिजा सार्वजनिक, तत्काल भर्ना गर्न नपाइने

एसईईको नतिजा सार्वजनिक, तत्काल भर्ना गर्न नपाइने

राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डको बैठकले केहीबेर अघि बिद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ ।

बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिनुभयो । परीक्षा नियन्त्रण कार्यालय (एसईई) ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षाफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन् । सरकारको निर्नेशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्ने छ । त्यस्तै त्रुटी सच्याउन बिद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटी सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

सम्बन्धित खवर