अनशनरत विद्यार्थीलाई भेट्न कास्की कांग्रेसका पुर्ब सभापति अधिकारी सहितको टोली पोखरा बिश्वबिद्धालयमा !

अनशनरत विद्यार्थीलाई भेट्न कास्की कांग्रेसका पुर्ब सभापति अधिकारी सहितको टोली पोखरा बिश्वबिद्धालयमा !

पाेखरा : उपकुलपति र रजिस्ट्रार नियुक्तिको माग गर्दै पोखरा बिश्वबिद्धालयमा २५ दिनदेखि ने.वि. संघले रिले अनशन जारी गर्दै आएको छ। उक्त अनशनमा एक्यवद्धता जनाउन नेपाली कांग्रेस कास्कीका पुर्ब सभापति सोभियत अधिकारी सहितको टिम बिश्वबिद्धालय पुगेको हो।

उक्त एक्यवद्धता जनाउन अधिकारीसंग नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ, नेपाली कांग्रेस कास्कीका पुर्ब सचिव भरत अधिकारी, पुर्ब महासमिति सदस्य लक्ष्मी बहादुर भट्टराई, नेपाली कांग्रेस पोखरा ३० का सभापति दुर्गा सुवेदी, युवा नेता मेख तामाङ, ने.वि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापा र नि बर्तमान सचिब राजेन्द्र क्षेत्री बिश्वबिद्धालय पुगेका थिए।

ने.वि. संघका संस्थापक केन्द्रीय सदस्य समेत रहेका सोभियत अधिकारीले विद्यार्थीको त्याग तपस्याको बयान गर्दै उक्त आन्दोलनमा हातेमालो गर्दै आफुहरु सदैब विद्यार्थीको साथमा रहने प्रतिबद्धता ब्याट गरे। आफू ने.वि. संघको राजनीति गरेरै आएको हुनाले आफुले विद्यार्थीको मर्म पीडा आफुले धेरै बुझेको जनाउँदै त्यहीँबाट सरकारको ध्यानाकर्षण समेत गराए।

त्यस्तै नेपाल तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले सिङ्गो तरुण दल कास्की विद्यार्थीको साथमा रहेको बताउँदै विद्यार्थीको भबिष्यका लागि तरुणहरुले जस्तोसुकै भुमिका खेल्न परे पनि आफुहरु तयार रहेको जनाएका थिए भने ने.वि. संघ कास्कीका नि बर्तमान सभापति बिकास थापाले आन्दोलनको सोरुप परिवर्तन गरेर गैरजिम्मेवार सरकारविरुद्ध सडकमा आगो बाल्ने बताए।

अनशनको जानकारी गराउँदै पोखरा बिश्वबिद्धालयका सभापति फिरोज सुबेदीले अनशनको पहिलो दिन जुन उर्जा थियो त्यो भन्दा थप उर्जाका साथ अनशन अगाडि बढेको र कुनैपनि हालतमा पोखरा बिश्वबिद्धालय जोगाउनका निम्ति अन्तिम सम्म ने.वि. संघ लड्ने जनाए।

कार्यक्रममा ने.वि. संघ कास्की क्षेत्र नं १ का नि बर्तमान सभापति सागर रानाभाट, तरुण दल पोखरा महानगरका सदस्री प्रकाश पुन, पोखरा बिश्वबिद्धालयका स्वबियु सभापतिका प्रत्यासी डिफान भुजेल, ने.वि. संघ पोखरा बिश्वबिद्धालयका उप-सभापति दीपेन्द्र गौतम, ने.वि. संघ कास्कीका नि बर्तमान सह-सचिब राजिब भण्डारी, ने.वि. संघ नेता राजन भण्डारी लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खवर