अब पोखरा शिल हुन्छः मेयर जिसी

अब पोखरा शिल हुन्छः मेयर जिसी

पाेखरा : महानगरमा दिनानुदिन कोरोना संक्रमितहरु बढ्दै गएपछि पोखरा शिल गर्ने पोखरा महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताए ।

पछिल्लो समय पोखरामा अनपेक्षित संक्रमित बढेसगै कास्की जिल्ला प्रबेश गर्ने नाकामा थप कडाइ गर्दै शिल गर्ने जिसीले बताए । आज राजनैतिक दलका प्रतिनिधिहरुसग परामर्श पछि पोखरा र सिंगो कास्की जिल्ला लाइ नै शिल गर्न लागिएको हो ।

सोमबार कोरोना ब्यबस्थापन समितिले प्रदेश सरकारलाइ शिल गर्नका लागि अनुरोध गर्ने र अनुमोदन भएपछि एक दुइ दिनमा नै पुर्णरुपमा पोखरा शिल गर्ने जिसीले बताए ।

नेपालीहरुको चाडबाड नजिकिएसंगै मानिसहरुको भिड बढेकोले कोरोना संक्रमितको संख्या झन डरलाग्दो हुने र त्यसले ठुलो रुप लिने भएकोले अब शिल नगरे स्थिती डरलाग्दो हुन्छ जिसीले भने ।

सम्बन्धित खवर