पोखरा : पाेखराकाे नमस्ते अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना पुष्टि भएपछी अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको छ ।
हस्पिटलमा उपचाररत पोखरा -३२ भरतपोखरी की ८६ वृद्ध महिलामा आइतबार बिहान कोरोना पुष्टि भएसँगै इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको अस्पतालका प्रवन्ध निर्देशक धर्म खड्काले पोखरा न्यूजलाई जानकारी दिए ।
खड्काका अनुसार बिहीबार राति ज्वरो र पखला लागेर अस्पताल आएकी महिलालाई इमरजेन्सीमा उपचार गराइ पठाइएको मा निको नभएपछी पुनः शुक्रबार दिउसो अस्पतालमा भर्ना गरिएको थियो ।
उनको स्वाब संकलन गरी शनिबार परीक्षणका लागी पठाइएको मा आइतबार कोरोना पुष्टि भएपछि आइसोलेसनमा पठाइएको खड्काले बताए ।
खड्काले महिलाको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाइ होम क्वारेन्टिनमा राखिएको र ड्युटीमा नरहेका अन्य मार्फत इमरजेन्सी सेवा सुचारु गरिएको जानकारी दिए ।