पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित, आजै २२ जनामा संक्रमण पुष्टि

पोखरामा फेरि थपिए १२ कोरोना संक्रमित, आजै २२ जनामा संक्रमण पुष्टि

पोखरा : पोखरा महानगरका १२ जना सहित गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले आइतबार दिउँसो पोखराको वडा ५,६, १४, १५ र १६ का ७ पुरुष र ५ महिला सहित स्याङ्जाका २ महिलामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो । संक्रमण पुष्टि हुनेमा पोखरा-५ का मात्रै ३ पुरुष र ४ महिला सहित ७ जना रहेका छन् ।

संक्रमण पुष्टि हुनेमा १८ देखि ६७ वर्षका रहेका छन् । संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ ।

यस अघि आजै पोखराका १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने तनहुँका ५, पर्वतका १ र नवलपरासीका २ गरी गण्डकीमा मात्रै ३२ जनामा कोरोना संक्रमण देखिइसकेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ३५ पुगेको छ ।

सम्बन्धित खवर