पोखराका ग्यारेज र मोटरपार्ट्स पसल तत्काल बन्द गर्नुपर्छ: महाशाखा प्रमुख पौडेल

पोखराका ग्यारेज र मोटरपार्ट्स पसल तत्काल बन्द गर्नुपर्छ: महाशाखा प्रमुख पौडेल

पोखरा : पोखरा महानगरका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले पोखरा क्षेत्रका ग्यारेज र मोटरपार्टस जस्ता व्यवसाय तत्काल बन्द गर्नुपर्ने बताएका छन् ।

शनिबार पोखरामा संक्रमण थपिएका पुरुषहरु मध्ये प्रायजसो ग्यारेज र मोटर पार्टसमा काम गर्ने व्यक्ति भएकोले त्यस्ता क्षेत्रबाट समुदायमा कोरोना नफैलियोस् भन्नलाई पनि त्यस्ता क्षेत्र केहि समयका लागि बन्द गर्नुपर्ने पौडेलले पोखरा न्यूजलाई बताए ।

“शनिवार थपिएका पोखरा महानगरका वडा नं १, १०, १४, १७ र २७ का पुरुषहरु मध्ये धेरै मोटरसाइकल ग्यारेज, मोटरपार्टस र गाडीका ग्यारेजहरुमा काम गर्ने व्यक्तिहरु हुनुहुन्छ”, पौडेलले भने “यस अघी पनि  यो क्षेत्रमा कार्यरतमा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन सक्ने  जोखिम कम गर्न  केहि समयका लागि यी क्षेत्र बन्द गर्नुपर्छ।“

महाशाखा प्रमुख पौडेलले यी क्षेत्रलाई केहि समय बन्द गर्ने विषयमा आफुले आजै प्रस्ताव राख्ने जानकारी दिए ।

सम्बन्धित खवर