पाेखरा : पोखरा महानगपालिका ३३ भरतपोखरीमा सरसफाई तथा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ । भरतपोखरी विकास मञ्चले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले कोरोना संक्रमण तीव्र गतिमा बढेको भन्दै नियमित मास्क प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । सकेसम्म घरबाट बाहिर ननिस्कन र निस्किएको अवस्थामा मास्क, सेनिटाइजर लगायतको प्रयोग गर्न अनुरोध गरेका छन् । घर वरपर नियमित रुपमा सरसफाई गर्न सके अन्य रोगबाट समेत बच्न सक्ने उनको भनाई थियो ।
मञ्चका अध्यक्ष डिल्लीराम बरालले अन्य स्थानमा समेत सरसफाई अभियानलाई अगाडि बढाइने बताए । कोरोना भाइरसको संक्रमणबाट बच्न आफैंले ध्यान दिनुपर्ने उनले बताएका छन् । सरसफाइले वातावरणलाई सुन्दर बनाउनुका साथै अन्य रोगबाट समेत बच्न सकिने उनको भनाई थियो ।
करिब ३ सय थान मास्क समेत वितरण गरिएको उक्त कार्यक्रममा भरतपोखरीको माछापुच्छ«े टोल विकास संस्था, बालादेवी टोल विकास संस्था, अन्नपूर्ण टोल विकास संस्था, दुवार टोल विकास संस्था, समाज सुधार आमा समूह लगायत अन्य संघसंस्थाको सहभागिता थियो ।