सुकुम्बासी अध्यक्ष मौशम लिम्बु पक्राउ

सुकुम्बासी अध्यक्ष मौशम लिम्बु पक्राउ

पथरी, सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिका अध्यक्ष मौसम लिम्बुलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले पथरी शनिश्चरे ३ का लिला देवि साप्कोटा र उनका छोरा इश्वरी साप्कोटालाई अभद्र ब्यावहार गरेको कारण देखाउदै इलाका प्रहरी कार्यालय पथरीले पक्राउ हो ।

लिम्बुले साप्कोटा परिवारमा गएर धाक धम्की दिदै घर जलाई दिने धम्की दिएको निबेदन परे पछि लिम्बुलाई पक्राउ गरेको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए । लिम्बुले ७० वर्षका वृद्ध साप्कोटा र उनका छोरालाई घरमा गएर डर त्रास देखाका कारण साप्कोटा घर जान नसकेको डिएसपी दिलिप कुमार गिरीले बताए ।

सुकुम्बासी बसोबास रहेको उक्त क्षेत्रमा केहि समय अघि देखि साप्कोटा र लिम्बु बिच जग्गाको विवाद भएको थियो । सुकुम्बासीका नेता लिम्बु सहित केहि सुकुम्बासीहरु साउन २९ गते साप्कोटाको जग्गामा गएर कालो झण्डा गाडेका थिए । केहि दिन अघि देखि प्रहरीले लिम्बुलाई खोजि रहेको थियो ।

साप्कोटाले २०५४ सालमा किनेको जग्गा अपुग भएपछि साप्कोटाले नगरमा निवेदन दिएका थिए । दोहोरो स्वामित्वमा रहेको जग्गावाला र भोगचलन गर्दै आएका नगरवासीलाई नगरले कागजात सहित नगरमा निबेदन दिन सुचना गरेपछि साप्कोटाले निबेदन दिएको बताएका छन् । साप्कोटाले निवेदन दिएको कुरा सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिले थाहाँ पाएपछि विवाद बढ्दै गएको थियो । सुकुम्बासी तथा अव्यवस्थित बसोबास साझा संघर्ष समितिमा मित्रलाल राई, सुमिल योङहाङ लिम्बु र गंगा गहतराजले समितिलाई निवेदन दिएको मौसम लिम्बुले जानकारी दिएका छन् ।

यता सापकोटाका सदियार मित्रलाल राई, सुमिल योङहाङ लिम्बुले साप्कोटासंग कुनै समस्या नरहेको प्रहरीमा निबेदन दिएको साप्कोटाले बताए । लिम्बुबाट धम्की आएकोले ज्यानको सुरक्षा पाउँ भनि इलाका प्रहरी कार्यालय पथरीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा शनिबार अपरान्ह ३ बजे पथरी शनिश्चरे–१० मंगलबारे डाँडाबाट लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सम्बन्धित खवर