फर्म मालिकले अन्याए गरे की सञ्चालक आफै भागेका हुन् ? ः प्रसिद्ध कृषि फर्म

फर्म मालिकले अन्याए गरे की सञ्चालक आफै भागेका हुन् ? ः प्रसिद्ध कृषि फर्म

पथरी, १० वर्षको लिजमा लिएको प्रसिद्ध कृषि फर्मका सञ्चालकहरु अन्यायमा परेको गुनासो गरिरहेका छन् । मोरङको बेलबारी ७ मा रहेको प्रसिद्ध कृषि फर्मका साहु गौरब कार्कीले आफुखुसी फर्म तेस्रो व्यक्तिमा बेचिदिएको आरोप लागेको हो ।

साविकको बाहुनी ८ हाल बेलबारी ७ मा पर्ने प्रसिद्ध कृषि फर्म सञ्चालनका लागि ४ जनाको समुहले २०७५ साल बैशाकमा सम्झैता गरे । पहिलो पक्ष अर्थात फर्मका मालिक गौरब कुमार कार्कीले १० वर्षको लिजमा फर्म सञ्चालनका लागि दोस्रो पक्षका दल बहादुर विष्ट, दिनेश खड्का, बीर बहादुर भट्टराई र धन कुमार भट्टराईको समुहलाई दिएका थिए । वार्षिक २ लाख २० हजार लिज रकम तिर्ने सर्तमा लिएको फर्म ९ महिना पछि दोस्रो पक्षक दल बहादुर विष्टलाई एक्लै सञ्चालन गर्ने गरि जिम्मा लगाइएको थियो । त्यसको केही समय धन कुमार खत्री पनि फेरि जोडिएर सञ्चालन गरेका थिए । गत २०७६ पौष मासान्त सम्म ठिकै चल्दै थियो फर्म तर माघ २ गते फर्मका सञ्चालक दल बहादुर विष्ट फर्म जान्छु भनेर घरबाट हिडेका अहिले सम्म बेपत्ता छन् ।

बेपत्ता विष्टकी श्रीमती लक्ष्मी देवी विष्टले इलाका प्रहरी कार्यालय बेलबारीमा मानिस हराएको र खोजिदिन भन्दै निवेदन समेत दिएकी थिइन् । माघमा हराएका विष्ट ७ महिना पुग्दा समेत सम्पर्कमा नरहेको लक्ष्मीले बताइन् ।

यता फर्मको लिज रकम तिर्ने समय फागुन मसान्त थियो । सम्झैताको ४ नं. बुँदामा लेखिए अनुसार समय सीमा भन्दा १ महिना नाघेको खण्डमा लिज सम्झैता बदर हुने कुरा उल्लेख छ ।

लिज रकम बुझाउने बेलामा नै कोरोनाको महामारी, सञ्चालक नै हराएको लगाएतका समस्याका कारण समयमा रकम बुझाउन नसकेको देस्रो पक्षका दिनेश खड्काले बताए । समयमा रकम नबुझाएको भन्दै मालिकले अहिले फर्म नै तेस्रो पक्षलाई बेचेको खड्काको आरोप छ । सञ्चालकलाई थाहा नै नदिइ माछा, धान, तोरी, गहुँ लगाएतका सामाग्री साहुले लगेको खड्काले बताए । १० वर्षको लिज भएको, आफुहरुले पसिना बगाएर कमाएको १९ लाख रुपैया लगानी गरेको खड्काको दावी छ । भाका अनुसार चैत्र मसान्त भित्रमा लिज रकम बुझाउनुपर्ने थियो तर लिज रकम बुझउछु भन्दा भन्दै कार्कीले दादागिरी देखाएर फोनमा समेत धम्की दिनेगरेको खड्काले बताए । अहिले पनि आफुहरुसंग सबै कागज पत्र रहेको दावी खड्काले गरेका छन् । खड्काको समुहले फर्म मालिक कार्की विरुद्ध इलाका प्रहरी कार्यालय बेलबारी र बेलबारी नगरपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएका छन् ।

यता कार्कीले भने काफ्नो ५ विगाहा ९ कट्ठा जग्गा र फर्मको लिज रकम सम्झैता बमोजिम नदिएपछि तेस्रो व्याक्तिाई फर्म चलाउन दिएको बताएका छन् । फर्म बिक्री गर्नका लागि नामसारी गर्नुपर्ने भएकाले फर्मको संरक्षणका लागि भएपनि तेस्रो व्यक्तिलाई सञ्चालनको जिम्मा दिन बाध्य भएको कार्कीले बताए । सम्झैता अनुसार चैत्र मासान्तमा तिर्नुपर्ने रकम नतिरेको, जेष्ठ मासान्त सम्म पनि जग्गामा कुनै बाली नलगाएको, फर्ममा आउने जाने नै नगरेको, लथालिङ्ग अवस्थामा फर्म छाडेपछि आफुले तेस्रो व्याक्ति खोजेर फर्म निरन्तर सञ्चालनका लागि दिएको तर बिक्री भने नगरेको कार्कीले स्वीकार गरे ।

फर्म सञ्चालन गरिरहेका तेस्रो व्याक्ति प्रकाश बस्नेतले असारमा धान रोपेको र फर्मका लागि केही लगानी समेत गरिसकेको कार्कीले बताए ।

सम्बन्धित खवर