तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले फेरी लकडाउन गर्नुभन्दा सजगता अपनाएर कोरोनालाई परास्त गर्न सकिने बताएका छन् । ‘केही ठाउँमा समुदायमा कोरोना फैलिसकेको छ । आफु कसरी बँचिन्छ आफैले सोच्ने हो’, उनले भने, ‘सरकारको तर्फबाट यसअघि नै लकडाउन गरेर महामारीबाट बच्ने प्रयत्न ग¥यौँ । लामो समय गरिएको लकडाउनले देशको अर्थतन्त्र शिथिल बनाएको छ । अर्थतन्त्र चलायमान भएन भने फेरी अर्को संकट उत्पन्न हुन्छ ।’
तनहुँको ऋषिङ गाउँपालिका–५ सपौदीमा शनिबार मुख्यमन्त्री जलवायुमैत्री नमुना कृषी गाउँको शुभारम्भ गर्दै मन्त्री गुरुङले सजगता अपनाएर आर्थिक गतिविधीलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सरकारले गरेका निर्णय र निर्देशनलाई इमान्दर भएर पालना गर्न सबै पक्षलाई उनको अनुरोध छ ।
उनले गण्डकी प्रदेशका प्रत्येक जिल्ला अस्पतालमा भेन्टिलेटरसहितको आईसियु कक्ष स्थापना गर्न चालु बर्षको बजेटमा रकम विनियोजन गरिएको जानकारी दिए । ‘सरुवा रोगको उपचारका लागी लेखनाथमा छुट्टै अस्पताल बनाउने प्रकृया अगाडी बढाएका छौँ’, मन्त्री गुरुङले भने । कोरोनाले धरासयी बनेको उद्योग व्यवसायलाई पुर्नजिवन दिन प्रदेश सरकारले एक अर्ब रुपैयाँको कोष खडा गरेको जनाए । कोरोनाको कारण विदेशबाट फर्किएका र यहीँ पनि रोजगारी गुमाएका युवालाई आवश्यक रोजगारी दिने र व्यवसाय सञ्चालनका लागी सहुलियत दरमा ऋण उपलब्ध गराउन आवश्यक बजेट विनियोजन गरेको मन्त्री गुरुङले बताए ।
फरक प्रसंगमा मन्त्री गुरुङले जनताले तिरेको करले बजेटको आकार निर्धारण हुने भएकाले आम्दानीको केही प्रतिशत रकम राज्यलाई कर तिर्नुपर्ने बताए । ‘पुँजीवादी देशका नागरिकले ६० प्रतिशतसम्म कर तिर्छन् । कर तिर्नेले नागरिकको हैसियत प्राप्त गर्छन्’, उनले सुनाए । कल छल्न र कालोबजारी गर्न नहुने उनको भनाई छ ।
ऋषिङ गाउँपालिका-५ सपौदी आसपासका एक सय परिवारलाई राहात वितरण गरिएको छ । टर्कीको मिसेड संस्थाको सहयोगमा कोरोना भाईरसले प्रभावित बनेका यहाँका विपन्न परिवारलाई राहातमा दैनिक उपभोग्य खाद्यन्नका सामाग्री वितरण गरिएको हो । गैरआवसीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठको समन्वयमा उपलब्ध गराईएको सामाग्री शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले वितरण गरे । यहाँका विपन्न कुमाल, दलित र मगर जातीलाई एक बोरा चामाल, दाल दुई किलो, खाने तेल दुई र सोयाबिन दुई÷दुई पोका, आयोडिनयुक्त नुन, चना र चिउरा एक÷एक किलो, नुहाउने र लुगा धुने साबुन दुई÷दुई वटाका दरले वितरण गरिएको थियो ।
