रंगेलीमा दिनदिनै संक्रमित थपिदै, थप ९ जनामा कोरोना पुष्टी

रंगेलीमा दिनदिनै संक्रमित थपिदै, थप ९ जनामा कोरोना पुष्टी

किरण न्यौपाने, रंगेली

समुदाय स्तरमै कोरोना फैलिएको मोरङको रंगेलीमा आज थप ९ जनामा कोरोना पोजेटिभ देखिएको छ । रंगेलीमा समुदायमै कोरोना देखिएपछी कन्ट्याक ट्रेसिङमा बाँकी ३८ जनाको पिसिआर परीक्षण गर्दा थप ९ जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिए ।

९ जना कोरोना संक्रमित मध्ये अधिकांश रंगेली बजारका छन् । रंगेली ७ बजार क्षेत्रका ६ जना, वडा नं. २ र ८ मा १/१ जना र सशस्त्र प्रहरी १ जनामा कोरोना पुष्टी भएको प्रमुख मण्डलले बताए । दोस्रो चरणमा कन्ट्याक ट्रेसिङमा २ सय १६ जनाको पिसिआर स्वाव लिएका थियौँ स्वास्थ्य प्रमुख मण्डले भने जस मध्ये हिजो १ सय ७८जनाको पिसिआर परीक्षण गर्दा २८ जनामा कोरोना देखिएको र बाँकी रहेका ३८ जनाको रिपोर्ट आज आउदा थप ९ जनामा कोरोना देखिएको हो । संक्रमितलाई रंगेली जनता क्याम्पसको आईसोलेशन सेन्टरमा राखिने नगरपालीकाले जनाएको छ ।

सम्बन्धित खवर