कानेपोखरी ३ मा एक जनामा कोरोना संक्रमण, वडाको आकस्मिक बैठकबाट १ हप्ता सिल गर्ने निर्णय

कानेपोखरी ३ मा एक जनामा कोरोना संक्रमण, वडाको आकस्मिक बैठकबाट १ हप्ता सिल गर्ने निर्णय

राजकुमारी तामाङ, कानेपाेखरी

मोरङको कानेपोखरी ३ मा एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कानेपोखरी गाउपालिका ३ का वडा अध्यक्ष कीर्तिमान मादेनका अनुसार शुक्रबार आएको रिपोर्टमा ३५ वर्षिय एक पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनी रंगेली बिधुत प्राधिकरणमा कार्यरत रहेका थिए ।

उनलाइ शुक्रबार नै रंगेलीकाे जनता बहुमुखी क्याम्पसको आइसोलेसन वाडमा राखिएको छ । उनको स्वास्थ अवस्था भने सामान्य रहेको छ । यो संगै ३ नम्बर वडाकाे आकस्मिक बैठकले साउन ३० गते शुक्रबार राती १२ बजे देखि भदौ ५ गते राती १२ बजे सम्मलाई सिलबन्दी गर्ने निर्णय गरेको छ । यस्तै मानव स्वास्थसंग सम्बन्धीत औसधि पसल खुला रहने, कृषि तथा पसुव्यसाय आहरा किनबेच, दुग्ध डेरि सञ्चालन, खाद्यान्न खरिद बिक्रीका लागि १२ देखि ३ बजे सम्म, अति आवश्यक सेवाका लागि आंशिक  वडा खुला रहने, ट्युसन सेन्टर बन्द र खाद्यान्न ढुवानीका लागि २४ सै घण्टा संचालन गर्न सक्ने निर्णय गरेको छ । यस्तै बन्दा बन्दिलाई कार्यन्वयन गराउन सर्वपक्षीय १५ सदस्यीय कार्यसमिति समेत गठन गरेको छ ।

सम्बन्धित खवर