पोखराका मेयर विरुद्ध नेविसंघ अख्तियारमा, पोखरालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको आरोप

पोखराका मेयर विरुद्ध नेविसंघ अख्तियारमा, पोखरालाई कार्यकर्ता भर्तिकेन्द्र बनाएको आरोप

सञ्जय आचार्य, पोखरा

नेविसंघ कास्की पोखरा महानगरका मेयर विरुद्ध अख्तियारमा पुगेको छ । पोखरा महानगरपालिकाको अनियमितता, बहुप्राविधिक शिक्षालयको बिषयमा नेविसंघ कास्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा मेयर विरुद्ध उजुरी दिएको नेविसंघ कास्कीका नेता बिपिन पौडेलले बताए।

पोखरा महानगरले निर्देशक पद अर्थात सह–सचिव सरहको जागीर मेयरले आफ्ना स्वकीय सचिवलाई खुवाउनका निम्ति पूर्व निर्धारित खेल खेलेकाले आफुहरुले मेयर विरुद्ध अख्तियारमा उजुरी दिएको पौडेलेल बताए ।

२०७७ साउन २७ गते गण्डकी बहुप्राविधिक शिक्षालयको निर्णय अनुसार १ जना निर्देशक चयन गर्ने र २०७७ साउन २८ देखि साउन ३० सम्म योग्यता पुगेकाले आवेदन दिन पाउने भनि महानगरपालिकाले निर्णय गरेको छ । अहिले कोरोना महामारीले ठाउँ ठाउँमा लकडाउन भएको, केही स्थानीय तहहरुमा कर्फ्यु नै लगाएको अवस्थामा ३ दिने सूचना निकालेर सिधै आफ्ना नजिकका ब्यक्तिलाई जागिर खुलाउन मेयर लागि परेको नेविसंघको आरोप छ । नातावादको विरुद्धमा उत्रिएर नेविसंघ कास्की मेयर विरुद्ध उजुरी दिन अख्तियार पुगेको नेविसंघ कास्कीका निवर्तमान सभापति बिकास थापाले बताए।

मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले २ दिन अघि मात्र राजिनामा दिएर विभिन्न संचार माध्यम र सामाजिक संजालमा आफ्नो संभावना भन्दै फेसबुक वालमा शेयर गरेपछी मेयरको सेटिङ छताछुल्ल भएको हो । यस्तो विषम परिस्थितीमा ३ दिनको सूचना निकालेर मेयर मान बहादुर जिसीले महानगरलाई कार्यकर्ता भर्ती केन्द्र बनाउन लागेको नेविसंघको आरोप छ।

एकातिर ३ दिने सूचना अर्कातिर मेयरका स्वकीय सचिव नै आंकाक्षी अनि आफ्नै संभावना भन्दै सामाजिक संजालमा हाल्नु र मेयरका स्वकीय सचिवको शैक्षिक योग्यतालाई नै उक्त पदलाई चाहिने शैक्षिक योग्यताको मापदण्ड बनाउन महानगर नै लागेपछि आफुहरु अख्तियार जान बाध्य भएको नेविसंघ कास्कीले जनाएको छ।

सम्बन्धित खवर