भाद्र १० गतेसम्मका लागि रतुवामाईमा शिल

भाद्र १० गतेसम्मका लागि रतुवामाईमा शिल

 

इटहरा : मोरङको रतुवामाई नगरपालिकाले थप १० दिनका लागि शिल गर्ने भएको छ । बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै नगरपालिकाले १० दिन सम्म शिल गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको नगरपालिका स्तरिय कोरोना भाइरस रोकथाम नियन्त्रण प्रतिकार्य तथा व्यवस्थापन कार्यदलको बैठकले भाद्र १० गते राती १२ बजेसम्मका लागि शिल नगर क्षेत्र गर्ने भएको छ ।

नगरपालिकाको उक्त कार्यदलले नगरपालिकाभित्रका सरकारी तथा गैरसरकारी कार्यालय, संघसस्था, सहकारीहरुको सेवा पनि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाईरस समुदाय स्तरमा फैलन नदिन अत्यावश्यक बाहेक नगरभित्र सम्पुर्ण यातयात संचालन र सर्वसाधरणको आवत जावत पनि बन्द गरिने भएको छ । दुग्ध सवारी साधन र बिरामी बोक्ने सवारी भने सञ्चालन गर्न पाइने छ ।

सम्बन्धित खवर