नेकपा अध्यक्ष दाहालद्वारा पहिरोले निम्त्याएको मानवीय क्षतिप्रति दुःख व्यक्त

नेकपा अध्यक्ष दाहालद्वारा पहिरोले निम्त्याएको मानवीय क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सिन्धुपाञ्चोक, कालीकोट र मकवानपुरमा पहिराले गर्दा मानवीय क्षति भएकामा दुःख व्यक्त गर्नु भएको छ । उहाँले आज समवेदना व्यक्त गर्दै बाढीपहिरामा मृत्यु भएकाप्रति दुःख व्यक्त र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि र सुरक्षाकर्मीलाई बेपत्ता भएकाको खोजी र उद्धारमा जुट्नसमेत आग्रह गर्नु भएको छ । गए राति परेको अविरल वर्षापछि आएको पहिराका कारण सिन्धुपाञ्चोकको जुगल गाउँपालिका –२ लिदीमा बिहान १३ घर पुरिँदा ठूलो जनधनको क्षति भएको थियो । उक्त पहिरामा परी सात जनाको मृत्यु र करीब ३५ जना बेपत्ता भएका थिए । यस्तै कालीकोट महावै गाउँपालिकामा गए राति आएको पहिरामा परी एकै परिवारका ६ र मकवानपुरमा एक जनाको मृत्यु भएको थियो ।

अध्यक्ष दाहालले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस प्रकारका घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै ढाँचाको योजना तर्जुमामा ध्यान पु¥याउन सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

Image may contain: text that says 'नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यालय, अविरल वर्षापछ्छि आएको पहिरोका गाउपालिका- लिदीमा पहिरोमा बनाएको समवेदना शक्रबार मानवीय मृत्यु भण्डे सिन्धुपाल्योक जिल्लाको भएको घटनाले मलाई स्तब्य घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयमसेवी परी घाइते हुनुभएकाहरुको स्वास्थ्यलाभको पार्टीका आव्हान पार्टीको त्यसैगरी कालीकोट जिल्लाको महावै गाउँपालिकामा परिवारका मकवानपुरमा जनाको जिल्लामा पहिरोमा मृत्यु ग्दे शोक परिवारजनमा कालीकोट श्रद्धा्जली बर्षायाममा पहाडी हुने यसप्रकारका घटनाहरुको न्यूनीकरणका दीर्घकालिन समाधान खोज्न यस्ता क्षेत्रको छुट्टै मोडलको योजना तर्जुमामा ध्यान सम्बन्धित अपील ३०, श्रावण २०७७ Has पुष्पकमल अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) +९७७१ ४३७६०१५, +९७७१ info@nep.org.np. www.nep.org.np +९७७१ ४६०२२६९'

सम्बन्धित खवर