भदौ ५ गते सम्मका लागि विराटनगर महानगरपालिकामा लकडाउन थप

भदौ ५ गते सम्मका लागि विराटनगर महानगरपालिकामा लकडाउन थप

विराटनगर : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि विराटनगर महानगरपालिका भदौ ५ गते सम्मका लागि लकडाउन थप गरेको छ ।

महानगरपालिकास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको आज बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि पहिलो पटक साउन १६ गते राती १२ बजे देखि साउन ३० गते राती १२ बजेसम्मका लागि लकडाउन गरिएको थियो ।

विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन थप गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो । विराटनगरमा आज सम्म ४ सय १४ जना कोरोना संक्रमित भएका छन् ।

सम्बन्धित खवर