रंगेलीमा ६ महिने बालक, गर्भवती महिला सहित २८ जनामा कोरोना संक्रमण

रंगेलीमा ६ महिने बालक, गर्भवती महिला सहित २८ जनामा कोरोना संक्रमण

रबिन्द्र बराल, रंगेली

रंगेली नगरपालिका ६ महिने बालक सहित थप २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ । नयाँ संक्रमितहरुमा गर्भवती महिला समेत रहेको स्वास्थ्य संयोजक भुपेन्द्र मण्डलले जानकारी दिए ।

वडा नं. ७ का बालकमा कोरोना पुष्टि भएको हो । बालकको आमाको रिपोर्ट भने नेगेटिभ रहेको छ । रंगेलीको मुख्य बजार क्षेत्रमा समुदायमा कोरोना फैलिए पछि पछिल्लो पटक ३० जनामा कोरोना पुष्टि भएको थियो । सोही संक्रमितहरुको सम्पर्कमा रहेको आधारमा २ सय १७ जनाको स्वाव परीक्षण गरिएको थियो । २१७ जना मध्ये १७८ जनाको रिपोर्ट आइसकेको छ भने बाँकी ३८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

संक्रमित हुनेमा वडा नम्बर ७ का १९ जना रहेका छन् । जस मध्ये १४ जना पुरुष र ५ जना महिला रहेका छन् । वडा नम्बर ६ को १ महिला र ३ जना पुरुष गरि ४ जना रहेका छन् । वडा नम्बर ४ का १ जना, वडा नम्बर ३ का १ जना, ससस्त्र प्रहरीका दुई जना र नेपाल बिधुत प्राधिकरणका १ जना रहेका छन् । संक्रमितलाई जनता क्यामपसको आइसोलेसनमा राखिने मण्डलले जानकारी दिएका छन् ।

सम्बन्धित खवर