पथरीका जनप्रतिनिधि, पत्रकार सहित ९५ जनाको रिपोर्ट नेगेटिभ

पथरीका जनप्रतिनिधि, पत्रकार सहित ९५ जनाको रिपोर्ट नेगेटिभ

पथरी, साउन २५ गते संकलन गरिएको पथरी शनिश्चरेको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । जनप्रतिनिधि, पत्रकार सहित ९५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।

पथरीमा रहेको हरियाली सामुदायिक वनमा भएको एक कार्यक्रममा सहभागी भएका बिराटनगरका २ जनामा कोरोना पोजेटिभ देखिएपछि पथरीबासीमा त्रास छाएको थियो । त्यस लगतै सो कार्यक्रममा सहभागी नगरप्रमुख, उपप्रमुख, पत्रकारहरु लगाएत ९५ जनाको स्वाव संकलन गरि परीक्षणका लागि पठाएको रिपोर्ट ५ दिन पछि नेगेटिभ आएको हो ।

सरकारले वढि भिडभाड नगर्न र भिडभाड हुने कुनैपनि कार्यक्रम नगर्न भनेर निर्देशन गरेको भएपनि कोरोना महामारीकै बिचमा हरियाली वनमा भने १ सय जना भन्दा बढिको भेलामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा स्थानीय तहका प्रमुख, उपप्रमुख देखि कर्मचारी, पत्रकार, स्थानीय राजनीतिकर्मी, सांसद सम्म सहभागी भएका थिए । सोही सहभागीताका आधारमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षणका लागि लगिएको थियो ।

सम्बन्धित खवर