पोखरा : पोखरामा जुवा खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ परेका छन् ।
पोखरा -१० मिलनटोलस्थित एक घरबाट प्रहरीले जुवा खेल्दै खेलाउँदै गरेको अवस्थामा १७ जनालाई १ लाख नगद सहित पक्राउ गरेको हो । उक्त स्थानबाट प्रहरीले २ सय २४ पत्ती, एउटा हरियो कम्बल र एउटा गलैंचा पनि बरामद गरेको उल्लेख गरेको छ ।
प्रहरीका अनुसार घटनामा पक्राउ पर्नेमा ८ पुरुष र ९ महिला रहेका छन् । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान गरिरहेको पनि प्रहरीले जनाएको छ ।