बलिउड अभिनेता संजयलाई चौँथो चरणको क्यान्सर

बलिउड अभिनेता संजयलाई चौँथो चरणको क्यान्सर

मुम्बई : बलिउड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ। उनको क्यान्सर चौथो चरणमा पुगिसकेको बताइएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचारका लागि उनी मुम्बईस्थित लीलावती अस्पतालमा अस्पताल भर्ना भएका थिए। उनको कोरोना परीक्षण पनि गरिएको थियो र नेगेटिभ रिपोर्ट आएको थियो ।

उनीे सोमबार नै अस्पतालबाट डिस्चार्ज भएको र थप उपचारका लागि अमेरिका जाने बताइएको छ। दत्तको शरीरमा अक्सिजनको मात्रा ९० देखि ९२ प्रतिशतकोबीचमा तल माथि भएको र छातीमा तरलपदार्थ पाइएको समाचारमा उल्लेख छ।

दत्तको नयाँ फिल्म ‘केजीएफ २’ आगामी सेप्टेम्बरमा रिलिज हुने भएता पनि कोरोनाका कारण अन्यौलमा छ । सन्जयको जन्मदिनको अवसर पारेर गत २९ जुलाइमा उक्त फिल्मको अधिरा लुकको पोष्टर सार्वजनिक गरिएको थियो ।

सम्बन्धित खवर