बुधबार मोर¥का १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बुढिगंगा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको विपि कोइराला वित्तान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसंगै मोरङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । करिव एक साता अघि प्रतिष्ठानको आइसोलेसन वार्डमा भर्ना भएका संक्रमित पुरुष लामो समय देखि दमको रोगी रहेका थिए । बिरामी भएर आइसोलेसनमा भर्ना भएपछि गरिएको कोरोना परीक्षणमा उनीमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको उपचारका क्रममा बुधवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । मृतकको शव व्यवस्थापनको लागि आवश्यक समन्वय भइरहेको पनि एसपी खड्काले जानकारी दिएका छन् ।
मोरङमा हाल सम्म ६ सय ५७ जना संक्रमित रहेका छन् । मोरङमा हाल सम्म १६ हजार ९ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको छ ।