राजेन्द्र महतो, लहान
सिरहाको सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा मंगलबार एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि सुखीपुर नगरपालिकाले अगामी श्रावण ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । लकडाउन अवधीमा अत्यावश्यक बाहेकका सबै कामकाज बन्द गर्ने निर्णय गरेको हो ।
यो अबधिमा अत्यावश्यक सेवा बाहेक हाटबजार पसल, होटेल र निजी सरकारी कार्यालय बैंक तथा वितिय संस्था बन्द गर्ने निर्णय गरिएको छ । यस्तै सिरहाको बिष्णुपुर गाउँपालिकाले कोरोना भाइरसको महामारी समुदाय स्तरमा फैलिइरहेका बेला जोखिम कम गर्नका लागि लकडाउन सुरुगरेको जनाएको छ । बिष्णुपुरमा साउन २७ गते राती १२ बजे देखि साउन ३२ गते राती १२ बजे सम्मका लागि लकडाउन गर्ने निर्णय गरेको हो ।
सुखीपुर नगरपालिका भित्र भएको पिसिआर टेष्टमा एकै वडाका ८ जनाको कोरोना पोजेटिभ देखिएपछि बिष्णुपुर बजार क्षेत्रभित्र पनि अपरिचित मानिसको भिडभाड हुने भएकोले यस्तो निर्णय गर्नुपरेको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेस्वर यादबले बताएका छन् ।
लकडाउन अवधिभरमा सेवा एम्बुलेन्स, औषधी पसल, दूध ढुवानी गाडी खानेपानी फोहर मैला व्यवस्थापन जस्ता अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने छ । गाउँपालिका अन्तर्गत हाटबजार, सभा समेलन, व्यवसाय, होटेल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजि सवारी साधन पनि बन्द गर्ने निर्णय गरेको छ ।
लकडाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि समेत आग्रह गरेका छ्न् । यसअघि सिरहाको प्रमुख ब्यापारीक केन्द्र सिरहा, लहान, मिर्चैया, गोलबजार तथा धनगढी लगाएतका पालिकाहरुले पनि श्रावण ३२ गतेसम्मको लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेका छन् ।