अवैध सालको काठसहित ६ जना पक्राउ

अवैध सालको काठसहित ६ जना पक्राउ

लहान : वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।

काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नंको ट्र्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो । दुवै ट्र्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताउनुभयो । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित खवर