पोखरा : पोखरामा १ बालकसहित थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार बिहान पोखरा – ५ का एक ११ वर्षीय बालकसहित ३८ वर्षीया महिला र पोखरा ३० का ३० वर्षीय पुरुष तथा पोखरा १७ का ४५ वर्षीया महिलामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको हो ।
यसैगरी बिहान गण्डकी प्रदेशका बागलुङ जिल्ला बागलुङ नगरपालिका- ३ का ३९ वर्षीय पुरुष र -४ की २२ वर्षीया महिला र तनहुँ बन्दीपुर -६ का १९ वर्षीय पुरुष तथा वडा -३ का २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भैरहेको निर्देशनालयले जनाएको छ । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ३१ पुगेको छ ।