माछामार्ने क्रममा डुब्दा पथरीमा १ जनाको मृत्यु

माछामार्ने क्रममा डुब्दा पथरीमा १ जनाको मृत्यु

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मा पर्ने डाँसखोलमा माछा मार्ने क्रममा आइतबार १ जनाको मृत्यु भएको छ । भुटानी शरणार्थी क्याममा बस्दै आएका ६३ वर्षीय डम्बरसिंह राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

राई आइतबार बिहान माछा मार्न भन्दै जाल बोकेर घरबाट निस्किएका थिए । उनी साँझसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजी गर्दा हातमा माछामार्ने जाल अड्कीएर दहमा ढुबेका अवस्थामा मृत फोला परेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

राइको हातमा जालको डोरी अड्किएको र लगभग आठ फिट जति गहिरो दहमा डुबेको अवस्थामा डाँस खोलामा राईको शव भेटिएको गिरीको भनाइ छ । माछालाई हानेको जाल अड्किएको र तान्न खोज्दा दहतिरै हुत्तीएर डुबेर मृत्यु भएको हुन सक्ने भन्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

सम्बन्धित खवर