कोरोनाका खर्चमा सिरहामा अनियमितताको आशंका, अख्तियारले थाल्यो छानविन

कोरोनाका खर्चमा सिरहामा अनियमितताको आशंका, अख्तियारले थाल्यो छानविन

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिकामा अख्तियारको टोलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गरेको रकममा व्यापक अनियमितताको आशंका गरिएको छ । अनियमिता भएको गुनासो व्यापक आएपछि कागजात छानविनका लागि अख्तियारले नियन्त्रणमा लिएको छ ।

सिरहा नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) मा खर्च गरेको विवरणमा अनियमितताको गुनासो आएपछि कागजातको प्रतिलिपि नियन्त्रणमा नियन्त्रणमा लिइ छानविन थालेको हो । सिरहाकोका स्थानिय तहमाहरुमा कोरोनाको नाममा आर्थिक अनियमितता, भ्रष्टाचार र व्यापक असन्तुष्टिहरु देखिएपछि जिल्ला बिपद ब्यबस्थापन समिति सिरहाले तीन दिन भित्र खर्च बिबरण सार्बजनिक गर्न भनेको थियो ।

सिरहा नगरपालिकाले समितिलाई ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको थियो ।
सो विवरणमा केही सामग्रीको मूल्य बजार भाउ भन्दा अत्याधिक बढी पाइएपछि अख्तियारले चासो लिएको हो ।

सिरहा नगरपालिकाबाट माक्स ७ हजार ५७५ पिस खरिदमा २० लाख २ हजार ९ सय ९७ रुपैया, थर्मगन ७ थानमा १५ हजार ७ सय ५३ रुपैया, ग्लोव्स ३७ हजार ०७० पिसमा ६ लाख ८ हजार ८ सय, सेनिटाइजर ५ हजार ९९९ लिटरमा १४ लाख १ हजार ९७ रुपैया, सावुन ७२ कार्टुनमा १ लाख ७२ हजार १ सय ९५ रुपैया, पिपिई सेट २२५ थानमा ९ लाख १८ हजार ४ सय ९१ रुपैया, किटनाशक औषधि छर्ने स्प्रे सानो २० थानमा ५ हजार, रेनकोट ११५ थानमा १ लाख ९३ हजार, रेनवुट ३३७ थानमा ३ लाख १२ हजार १ सय ५० रुपैया, डस्ना ३०६ थानमा ४ लाख ५५ हजार ८ सय ५० रुपैया, बेड ३४९ थानमा २ लाख ५९ हजार ४ सय, झुल सुपानेट ६६० थानमा ३ लाख ३० हजार, तन्ना ५५८ थानमा ४ लाख ५० हजार ३ सय ७७ रुपैया ५० पैसा, तकिया ५११ थान २ लाख ८ हजार ९ सय ५० रुपैया, तकिया खोल १११ थान ३१ हजार ९ सय २७ रुपैया ५० पैसा, कम्बल ४०६ थानमा ४ लाख २४ हजार ५ सय ७५ रुपैया, स्प्रीटमा २ हजार ६ सय, बिधुतिय सामाग्री खरिदमा ६ लाख ५६ हजार ६ सय २५, खानेपानी धाराहरुको सामाग्री खरिदमा २ लाख ५८ हजार ६ सय ५१ रुपैया, फलामे खाट २५० थानमा ११ लाख ९४ हजार ६ सय ८५ रुपैया, किटनाशक औषधी छर्ने स्प्रे ठुलो २५ थानमा १ लाख ४९ हजार ७ सय २५, क्वारेन्टाइन बस्नेको खाना, नास्ता र चियामा ३१ लाख ८३ हजार ५ सय, जोखिम भत्ता कर्मचारी व्यवस्थापनमा ४० लाख ९३ हजार ५ सय ७४ रुपैया, लामखुट्टे औषधि खरिद तथा छरकिने कार्य र सरसफाईमा १६ लाख २९ हजार ९ सय ३६ रुपैया खर्च विवरण दिएको छ ।

त्यसैगरी वडाबाट वडा नं. १ देखि २२ सम्म राहत वितरणमा २ करोड ७७ लाख ७९ हजार ४ सय, वडा नं. १ देखि २२ सम्म माक्स, सेनिटाइजर, साबुन, ग्लोव्स आदी वितरण कार्यमा खर्च १ करोड ४ लाख ८४ हजार ९ सय १६ रुपैया गरी ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैया खर्च गरेको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले बताएका छ्न् ।

 

सम्बन्धित खवर