जनता मरिरहँदा प्रदेश सरकार रमिते वन्दै गयोः कांग्रेस

जनता मरिरहँदा प्रदेश सरकार रमिते वन्दै गयोः कांग्रेस

साउन २५, विराटनगर ।
नेपाली कांग्रेस प्रदेश नं १ संसदीय दलले कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्य प्रति प्रदेश सरकार जिम्मेवार नेदेखिएको वताएको छ ।
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले आज विज्ञप्ति प्रकासित लकडाउन अगाडि नै आफ्नो दलले कोभिड १९ को संक्रमण बढ्ने खतरा औलाउदै सम्पूणर् तयारी गर्न सरकारलाई झकझकाए पनि सो अनुरुप सरकारले नगरेको उल्लेख गरेका छन् ।
“मुख्यमन्त्री दैनिक सामाजिक संजालको भिडियोमा आएर कोरोनासंग लडिरहेको,पराष्त गर्न लागेको,घेराबन्दी भैसकेको जस्ता हल्का कुरा गरी जनमानसमा भ्रम छर्ने काम भयो,” विज्ञप्तिमा भनिएको छ,“सरकारका कमी कमजोरी र भ्रष्टचारबाट जोगिन कोविड १९ लाई राम्रोसंग ढालको रुपमा प्रयोग गर्न सफल रह्यो । सरकारले मिडियामा र संसदमा पटक पटक प्रर्याप्त मात्रामा आइसोलेसन बेड तयारी रहेको भनि दिएको अभिव्यक्ती अहिले आएर झुटो सावित भएको छ ।”


मोरङको गोठगाँउको पूर्वाञ्चल विश्व विद्यालयको अस्पताल लेभल १, विराटनगरको कोशी कोभिड अस्पताल लेवल २ र धरानको वीपी प्रतिष्ठान लेभल ३ भनेपनि समुदायमा संक्रमण फैलिएर संक्रमित बढेपछि संक्रमितलाई समेत व्यवस्थापन गर्न नसक्दा प्रदेश सरकारको काम उदांगो भएको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “जनताको अगाडि मुखै देखाउन नसकेर मुख्यमन्त्री लामो समयसम्म काठमाण्डौ बस्नुले जनता प्रति सरकार कति जिम्मेवार छन भन्ने छर्लङ्ग भएको छ ।
कोशी अस्पतालमा अक्सिजनसम्म नहुनु कति लाजमर्दो कुरा हो । लेभल ३ भनेको अस्पताल अझै पुणर् निर्माण भै नसकेको र विरामी सिकिस्त हँुदा उपचार गर्न नसक्ने र अस्पतालको गेटमै ज्यान गुमाउनु पर्ने अवस्था सृजना हुनु दुःखद कुरा हो ।”
संक्रमित त परै जाओस लक्षणसहित सास फेर्न गारो परेको बिरामीलाई समेत भर्ना लिने अस्पताल नभएको र पिसिआर टेष्टको दायरा बढाउन दिएको दबाब र सरकारको लाचारीपन उदेक लाग्ने खालको भएको कांग्रेसको ठहर रहेको जनाइउको छ ।
दैनिक हजार क्षमताको परीक्षण गर्न ल्यावको कुरा गरे पनि यसको दर बढाउन नसेको र अर्थिक प्रभाव परेकाहरुको विषयमा त परै जाओस संक्रमितहरुको समेत व्यवस्थापन गर्न सरकार सक्षम नदेखिएको विज्ञप्तिमा जनाइएको छ ।
प्रदेश सरकार केवल “केन्द्रको मुख ताक्ने र संघीय सरकार जस्तै गैरजिम्मेवार र निकम्मा भएको जनताले महसुस गरेको सजिलै अनुमान गर्न सकिन्छ । फेरिपनि सरकारलाई पिसिआरको दायरा वढाउन आइसोलेसन र भेन्टिलेटर सहितको अस्पताल तु व्यवस्था गर्न जोडदार माग गर्दछौ,” विज्ञप्तिमा उल्लेख छ । कांग्रेसले जनता प्रति पारदर्शी भएर जनधनको शुरक्षा तथा शान्ति शुरक्षा कायम गर्न सरकार समक्ष माग पनि गरेको छ ।

सम्बन्धित खवर