पोखरा : पोखरा विश्वविद्यालयमा लामो समयदेखि रिक्त रहेको पद पूर्तिको माग गर्दै नेपाल विद्यार्थी संघले सुरु गरेको रिले अनसन अझै जारी रहेको छ । अनसनको आज १८ दिन पुरा भएको छ । १८दिन सम्ममा नेपाल विद्यार्थी संघका १०० भन्दा बढी विद्यार्थीहरु अनसन बसीसकेका छन् ।
विश्वविद्यालय नेतृत्वविहीन भएपछि पठनपाठनमा समस्या भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने उनीहरुको माग छ । विगत १० महिनायता उपकुलपति नियुक्त नहुँदा विश्वविद्यालयको पठनपाठनले गति लिन नसकेको रिले अनसनमा बसीरहेका नेबिसंघका नेता राजन भण्डारीले बताउनुभयो । आफुहरुले बाध्य भएर अनसन बस्नुपरेको उहाँको भनाई छ ।
नेबिसंघको यो अनसनमा विभिन्न संघसंस्था र संगठनहरुले ऐकेवद्धता जनाएका छन् । केहि दिन अघि मात्रै नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी पुर्व मन्त्री यज्ञबहादुर थापा सहित कास्की काँग्रेसले पनि अनसनमा ऐकेवद्धता जनाइ सकेको छ