सिरहामा पनि लकडाउन

सिरहामा पनि लकडाउन

राजेन्द्र महतो, लहान

सिरहा नगरपालिकाले आज आइतबार राति १२ बजेदेखि लागु हुनेगरी लकडाउन गर्ने निर्ण गरेको छ । लकडाउन अवधीमा अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकामा समुदाय स्तरमा कोराना भाइरसको संक्रमण बढन थालेपछि रोकथाम तथा नियन्त्रणको लागि सिरहा नगरपालिकाले २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि नगर क्षेत्रभित्र अत्यावश्यक बाहेकका सबैकाम बन्द गर्ने निर्णय गरेको हो।

यो अवधीमा हाटबजार, सभा सम्मेलन, कार्यालयहरु, वित्तिय संघ संस्थाहरु, व्यवसाय, होटल तथा रेष्टुरेन्ट लगायतका अन्य पसल सार्वजनिक तथा निजी सवारी साधन यही साउन ३२ गते राती १२ बजे सम्मको लागि बन्द गर्ने, तर अति आवश्यक सेवा एम्बुलेन्स, औषधी पसल, दुध ढुवानी गाडी, खानेपानी, फोहर मैला व्यवस्थापन जस्ता अति आवश्यक कार्य सञ्चालन रहने निर्णय गरिएको सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले जानकारी दिए ।

यसअघि सिरहाको प्रमुख व्यापारी केन्द्र लहान, गोलबजार र मिर्चैया नगरपालिकाले पनि साउन ३२ गतेसम्मका लागि आफ्नो क्षेत्रमा लकडाउन गरिसकेको छ।

सम्बन्धित खवर