लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

लागूऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको गोलबजार नगरपालिका ६ दोहटियाबाट ब्राउनसुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जनालाई आइतबार गोलबजार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको प्रहरी टोलीले गोलबजार नगरपालिका ६ दोहटियाका २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घरको कोठामा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको लागुऔषधसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ६ का २८ वर्षीय पाण्डव गुप्ता, सोही ठाउँका २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, गोलबजार नपा ४ का २० वर्षीय सैफली खान, गोलबजार नगरपालिका ५ का १९ वर्षीय विवेक श्रेष्ठ र गोलबजार नपा ६ का १९ वर्षीय शिरिल महरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताएका छ्न् ।

उनीहरूको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने सेतो प्लाष्टिकको ससाना पोका ५ थान, कालो प्लाष्टिकको ठूलो पोका १ थान, (प्लास्टिक सहित तौल गर्दा १ ग्राम ४०० मिलीग्राम, प्लास्टिक बाहेक तौल गर्दा १ ग्राम २०० मिलीग्राम) लागुऔषध बरामद गरेको घिमिरेले बताए ।

पक्राउ परेका घरमुली पाण्डव गुप्ता समेत ६ जनालाई नै इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर