काठमाडौँ । थप ३८० जनामा कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज ३८० जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज ४० डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या १६ हजार ३ सय ५३ जना रहेको छ भने मृत्यु हुनेको संख्या ७५ जना पुगेको छ ।