रंगेलीमा एक साता भित्र ५२ जना कोरोना सङ्क्रमित

रंगेलीमा एक साता भित्र ५२ जना कोरोना सङ्क्रमित

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेलीमा एकसाता भित्रमा ५२ जना कोरोना संक्रमित फेला परेका छन् । वडा नं. ७ रंगेलीको मुख्य बजार क्षेत्रमा पर्दछ । यस वडामा मात्रै ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

एउटै घरको १४ जना सङ्क्रमित भेटिए पछि रंगेलीमा कोरोनाको बढि मात्रामा त्रासमा रहेको छ । वडा नम्बर ७ मा ३८ जना र २, ८, ६, ५ र ४ का जम्मा १४ जना संक्रमित रहेका छन् । शुक्रबार फेला परेका ३० जनासंग कन्ट्याक्ट्मा रहेकाहरुको आज तेस्रो चरणको स्वाब सङ्कलन गरिने भएको छ ।

अहिले सम्म रंगेली नगरपालिकाले १४ सय २७ जनाको स्वाब परीक्षण गरेकोमा ५२ जनालाई कोरोना पोजेटिभ फेला परेको स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले बताए । रंगेलीमा समुदायमा कोरोना फैलिए पछि नगरपालिकाले २५ गतेसम्मका लागि वडा नम्बर ७, ८ र ९ पुर्ण रुपमा सिल गरेको छ भने वडा नम्बर १,२,३,४,५,६ मा भने लकडाउन गरिएको हो ।

अहिले बजार क्षेत्रमा सडक सुनसान हुने गरेको छ । केही महिना अगाडि प्रहरीहरुले चोक चोकमा बसेर सर्वसाधारण हरुलाई घरबाट ननिसक्न आग्रह गर्दा समेत बेवास्ता गर्ने स्थानीयहरु अहिले एक साता भित्र ५२ जना सङ्क्रमित फेला परेपछि कोरोना त्रासका कारण घर बाहिर निस्कन छाडेका छन् ।

 

सम्बन्धित खवर