टमाटरबाट मात्रै वडामा वार्षिक साढे सात करोड भित्रिन्छ

टमाटरबाट मात्रै वडामा वार्षिक साढे सात करोड भित्रिन्छ

डम्बर सिन्चिउरी, जाँते

उत्तरी मोरङ्गको लेटाङ्ग ९ जाँतेमा टमाटर खेतिबाट मात्रै वार्षिक साढे सात करोड भित्रिने गरेको छ । वडाध्यक्ष कृष्ण लुइटेलले वडाको वार्षिक कार्यक्रम अन्तर्गत वडाका कृषकलाई बीऊ तथा टनेल हस्तान्तरण गर्दै सो कुरा बताएका हुन् ।

व्यावसायिक रुपमा टाटर खेती गर्दै आएका कृषकलाई ७५ प्रतिशत अनुदानमा बीऊ र टनेल हस्तान्तरण गरेको हो । १२ सय घरधुरी भएको सो वडामा विभिन्न मापदण्ड बमोजिम छनौट भएका कृषकहरुलाई मात्र उक्त सामाग्रि वितरण गरिएको वडाले जनाएको छ । सो सामाग्री प्राप्त गर्न कृषकले व्यावसायीक रुपमै टमटर खेति गर्दै आएको, खेतिका लागि हाल जग्गा खाली भएको, टनेलका लागि टहरा निर्माण गरिसकेको अवस्था समेत हुनुपर्ने जनाईएको छ ।

कार्यक्रममा उल्लेखित मापदण्ड पुरागरेका ३० जना कृषकलाई १०÷६ नाप भएको टनेल वितरण गरिएको थियो भने ९० प्याकेट भारतबाट आयतित त्रिशूल जातको ८.७ ग्राम तौल भएको टमाटरको बीऊ समेत वितरण गरिएको लुईटेलले बताए ।

लुईटेलका अनुसार ७ वटा टोल विकास रहेको यस वडामा अन्दाजी ५० विगाहा जमिनमा टमटर खेती गरिदै आएको छ । विगतमा प्रति कठ्ठा ५० हजार देखि एक लाख सम्म आम्दानी गर्ने गरेका कृषकले सिजनमा मात्र पनि सरदर हिसाब गर्दा ७ करोड ५० लाख सम्मको आम्दानी वडामा भित्रिने गरेको छ ।

आम्दानीको हिसाब भने बजार भाउमा निर्धारित हुने गरेको स्थानिय कृषक भिम सेन्दाङ्गले जनाए । विगतमा खासै प्रकोप नबेहोरी खेति गर्ने कृषकहरुले यसपाली भने फौजि किरा देखि कोरोनाको समेत कहर रहेकाले उत्पादन देखि बजार भाउसमेत घट्ने देखिएको छ । यसबाट आम्दानी घट्ने सम्भावना समेत रहेको छ । त्यसैले यस पटक कृषकले लगाउने टमटरको खेतिको क्षेत्रफल समेत ३० देखि ४० प्रतिशत सम्म घट्ने अनुमान रहेको सेन्दाङले बताए ।

कार्यक्रममा कृषकलाई आई पर्ने प्राविधक सहयोगका लागि २४ सै घण्टा खटिरहेको तर कृषकले आफू सम्म पुग्ने गरीको जानकारी भने बेलैमा दिनु पर्ने नगरको कृषि शाखा प्रमुख करण श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले खेति लगाएर ढुक्क सँग बस्दा फल नआाउने तर रात दिन आफुले लगाएको बाली सम्म पुगेर त्यसको विवरण संकलन गरेर विज्ञ सम्म पुर्याउने गरेको खण्डमा भने अवस्य सहि फल पाउने सुझाए ।

विगतमा आएको कृषको गुनासोलाई सम्बोधन गर्दै हाल २५ प्रतिशत साझेदारीमा कृषकलाई नगरले कृषि सामग्री सहयोग गर्ने गरेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन् । आगामि दिनमा भने नगरले ५० प्रतिशत सम्म साझेदारीमा सामाग्री वितरण गर्ने योजना लिएको निरौलाले बताइन् ।

सम्बन्धित खवर