मोरङमा थप ४८ सहित प्रदेश १ मा ६१ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार १४ महिला र ४७ पुरुष गरी ६१ कोरोना संक्रमित थपिएका हुन । संक्रमितमध्ये मोरङमा ४८, सुनसरीमा १० र प्रदेश २ का दुई जना छन् ।
मोरङको विराटनगर महानगरपालिकामा ३३ जना संक्रमित थपिएका छन् । जसमा ७ महिला र २६ पुरुष छन् ।
बुढीगंगा गाउँपालिकामा १२ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमित आरती स्ट्रीपका मजदुर हुन । कटहरीमा १ जना र उर्लाबारीमा एकजना संक्रमित थपिएका छन् । त्यस्तै सुनसरीको धरानमा ४ जना, दुहबीमा ४ जना र इनरुवामा २ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार ६१ जना संक्रमित थपिएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या एक हजार ३ सय ८३ पुगेको छ ।