एजेन्सी : एयर इन्डिया एक्सप्रेसको विमान शुक्रबार साँझ दुर्घटनाहुँदा १९ जनाको मृत्यु भएको छ ।
संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतको केरला आएको सो विमान केरलाको कारिपुर विमानस्थलमा छेउमा दुर्घटना हुँदा चालक दलका २ सदस्य सहित १९ जनाको मृत्यु भएको हो ।
विमानमा चालक दलका सदस्यसहित १ सय ९० जना यात्रु सवार रहेको र जसमध्ये १० यात्रु बच्चा समेत रहेको दुर्घटनाहरुले जनाएका छन् ।
दुर्घटनामा १ सय ६० जना घाइते भएको उनीहरुमध्ये २० देखि २५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुबईबाट उद्धार उडान भरेको विमानमा कोरोना महामारी सुरु भएपछि भिसाको म्याद सकिएका, जागिर गुमेका र केहि घुम्न गएका यात्रुहरु सवार थिए ।
भारतीय उड्डयन मन्त्रालयका अनुसार शुक्रबार साँझ ७ बजेर ४१ मिनेटमा ल्यान्ड गर्ने क्रममा रनवेबाट बाहिर जाँदा विमान दुर्घटनाग्रस्त भएको हो । केरलामा भारी वर्षा भैरहेका कारण दुर्घटना भएपनि विमानमा आगो भने लागेको थिएन ।
दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा तथा गृहमन्त्री अमित शाहले ट्वीटमार्फत विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।