च्याम्पियन्स लिग : रियललाई हराउदै म्यान सिटि क्वाटरफाइनलमा प्रवेश,युभेन्टस पनि बाहिरियो

च्याम्पियन्स लिग :  रियललाई हराउदै म्यान सिटि क्वाटरफाइनलमा प्रवेश,युभेन्टस पनि बाहिरियो

युरोपको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता युइएफ च्याम्पियन्सलिग फुटबलमा म्यान्चेस्टर सिटिसग पराजित हुँदै स्पेनीस च्याम्पियन रियल मड्रीड प्रतियोगिताको प्री क्वाटर फाइनलबाटै बाहिरिएको छ भने पोर्चुगिज स्टार रोनाल्डोको टिम युभेन्टस पनि प्री क्वार्टर फाइनलमै रोकिएको छ।

गएराती म्यान्चेस्टर सिटिको गृह मैदान इतिहाड स्टेडियममा सम्पन्न खेलमा म्यान्चेस्टर सिटिले पाहुना टोलि रियल मड्रीडलाई २-१ को गोल अन्तरले हराउन सफल भयो।

पहिलो लिगको खेलमा रियलको गृह मैदानमा २-१ को नै जित दर्ता गरेर खेल अगाडि देखि नै दबाबमा रहेको रियललाई हराउन सिटिका ब्राजिलियन स्ट्राइकर ग्याब्रीयल जिसस नायक बनेका थिए।उनले खेलको ९ औं मिनेटमा राफेल भरानेको गल्तिको सदुपयोग गर्दै गोलका लागि रेहम स्टेर्लिङलाई गोलका लागि सहयोग गरेका थिए।जित्नैपर्ने खेलमा सुरुवातमै गोल खाएर दबाबमा परेको रियल मड्रीडले २८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो।उसका लागि फ्रेन्च फर्वाड करिम बेन्जेमा ले गोल गर्दै रियललाई खेलमा फर्काउन प्रयास गरे।

पहिलो हाफमा यसपछि कुनै गोल हुन सकेन।मध्यान्तर अगाडि बराबरीपछि दोस्रो हाफको गेममा रियलले खेलमा फर्कन सकेन।म्यान्चेस्टर सिटिको आक्रमक खेल सामु निरन्तर दबाबमा खेलेको रियलले ६८ औं मिनेटमा भरानेकै दोस्रो गम्भीर गल्तिमा दोस्रो गोल गर्न सफल भयो।फ्रेन्च डिफेन्डर भरानेले गोलरक्षकलाई दिएको ब्याक हेडरलाई भेट्टाउदै ब्राजिली फर्वाड ग्याब्रीयल जिससले खेलको ६८ औं मिनेटमा सिटिका लागि विजयी गोल गर्न सफल बने।यो सगै रियलको खेलमा फर्कने सपना समाप्त भयो।

आफ्ना नियमित कप्तान सर्जियो रामोसलाई पहिलो लेगमा पाएको रेड कार्डका कारण गुमाएको रियलको रक्षा पंति कमजोर बन्दा रियल लगातार दोस्रोपटक च्याम्पियन्स लिग फुटबलको प्री क्वार्टर फाइनल बाटै बाहिरिन पुग्यो।

खेलपछी सिटिका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिमले रणनीति अनुसार उत्कृष्ट फुटबल खेलेको बताउदै च्याम्पियन्स लिग जित्नका लागि सिटिले ठुला टिमहरुलाई हराउनुपर्ने जनाएका छन्।खेलमा दुइटा गम्भीर गल्ती गरेका फ्रेन्च रक्षक राफेल भरानेले हारको जिम्मेवारी आफुले लिने बताएका छन्।

यस्तै हिजै राती सम्पन्न अर्को खेलमा कृस्टीयानो रोनाल्डोको इटालियन च्याम्पियन युभेन्टस घरेलु मैदानमा फ्रेन्च टोलि लियोनलाई हराए पनि च्याम्पियन्स लिग फुटबलको प्री क्वार्टर फाइनलबाटै बाहिरिएको छ।गोल नखाइ खेल जित्नुपर्ने दबाबमा खेलेको युभेन्टसले खेलको सुरुवातमै गोल खान पुग्य्यो।युभेन्टसका खेलाडीले फउल गरेपछि प्राप्त पेनाल्टीमा उत्कृष्ट पनेका पेनाल्टी गोल गर्दै लियोनका मेमफिस डिपेले लियोनलाई अग्रता दिलाउन सफल भए।

यो सगै खेलमा कम्तिमा ३ गोल गर्नुपर्ने दबाबमा परेको युभेन्टसका लागि स्टार स्ट्राइकर कृस्टियानो रोनाल्डोले खेलको ४३ औं र ६० औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएपनी त्यो प्रयाप्त हुन सकेन।लियोनको आक्रमक काउन्टर एट्याकिङ खेल प्रदर्सन सामु युभेन्टसका खेलाडीहरुले कमजोर प्रदर्शन गर्न पुग्दा युभेन्टसको च्याम्पियन्स    लिग जित्ने सपना चकनाचुर भयो।भने पहिलो लेग अन्तर्गत गृह मैदानमा युभेन्टस माथि १-० को जित दर्ता गरेको लियोन गएराती युभेन्टससग २-१ ले पराजित भएर समग्रमा खेल २-२ को बराबरी भएपनि अवे गोलमा लियोन भाग्यशाली रह्यो।
यो सगै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा अब म्यान्चेस्टर सिटि र लियोन बिच प्रतिस्पर्धा हुनेछ

सम्बन्धित खवर