अस्पताल नामाकरण विरुद्धको आन्दोलन केही समयका लागि स्थगित

अस्पताल नामाकरण विरुद्धको आन्दोलन केही समयका लागि स्थगित

साउन २३ उर्लावारी ।
कोरोना भाइरस समुदाय स्तरमै फैलदै गएपछि मंगलवारे अस्पताल नामाकरण विवादको आन्दोलन स्थगित भएको छ ।
मंगलबारे अस्पताललाई स्तरोन्नति गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकाश गर्ने प्रदेश सरकारको घोषणाबिरुद्ध आन्दोलनरत नेपाली काँग्रेससहितका चार राजनीतिक दलले केही समयका लागि आन्दोलन स्थगित गरेको जानकारी दिएक छन् ।


मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने घोषणाबिरुद्ध नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय लिम्बुवान मञ्च पार्टी दुई महिनादेखी चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।पछिल्लो समय असार ८ गतेदेखी अस्पताल अगाडी रिले अनसन बस्दै आएका उनीहरुले शुक्रवारदेखी स्थगित गरेका हुन् ।


कोरोना भाईरसको संक्रमण मोरङ जिल्लामा समुदाय स्तरमै फैलिदै गएपछि चार राजनीतिक दलको माथिल्लो तहबाट आएको निर्देशन, स्थानिय निकाय, प्रशासन लगायतको आग्रह अनुसार तत्काललाई आन्दोलन स्थगित गरिएको संयोजक विरबल थापाले जानकारी दिए ।

सम्बन्धित खवर