अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ : प्रचण्ड सचिवालय

अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ : प्रचण्ड सचिवालय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रचण्डकी स्वकिय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डसहित परिवारका सदस्यको रिपोर्ट नेगेटिभ आएको जानकारी दिइन् ।

परिवारका सदस्य, सुरक्षाकर्मी र सचिवालयका सदस्यको स्वाब परीक्षण गर्दा बाहिरी घेराका ६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएको जानकारी दिदै उनले सुरक्षाकर्मीको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

सम्बन्धित खवर